फागुन २३,हेटौंडा। ​नेपाली सुगम संगीतका नक्षत्र, गायक कर्णदासले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा भावुक संस्मरण साझा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आफ्नी स्वर्गीय आमाबीचको भेटको स्मरण गरेका छन्।

देश अहिले आम निर्वाचनको पूर्ण नतिजाको पर्खाइमा रहेका बेला कर्णदासले साझा गरेका यो प्रसंगले धेरैको ध्यान खिचेको छ।

​सामाजिक सञ्जालमा कर्णदासले कोभिड-१९ को कठिन समय, जतिबेला आफ्नी आमा मुटुको रोगबाट पीडित थिईन्। त्यस कठिन घडीमा आमाले रवि लामिछानेलाई भेट्ने इच्छा व्यक्त गरेकी उनले उल्लेख गरेका छन्।

“आमा आफै मुटुको रोगले पीडित हुनुहुन्थ्यो तर रवि सङ्ग भेट्नु छ भन्नुभयो,” उनले लेखेका छन् , “मैले आमालाई लिएर गएँ, रविजीले समय दिनुभयो र म पनि खुसी थिएँ।”
​कर्णदासले अगाडि लेखेका छन्, “आमाले बोलेका सबै कुरा पूरा भए। आमाका ती बोली साँच्चैनै प्रमाणित भए। आमा हजुरलाई प्रणाम।”

​गायक कर्णदासले आमाको कुन कुरा पूरा भयो भन्ने स्पष्ट नखुलाए पनि, यसलाई वर्तमान राजनीतिक सन्दर्भसँग जोडेर हेर्न सकिन्छ।

भर्खरै सम्पन्न आम निर्वाचनको प्रारम्भिक मतगणनामा रवि लामिछाने नेतृत्वको रास्वपाले उत्साहजनक नतिजा प्राप्त गरिरहेको छ।

चितवन २ बाट लामिछाने आफैँले रेकर्ड “ब्रेक” गर्दै बिजयी बनेका छन् भने उनको दलले देशव्यापी रूपमा ‘वैकल्पिक शक्ति’ को रूपमा बलियो उपस्थिति जनाएको छ।

​आमाले त्यतिबेलै रविको उचाइ र भविष्यबारे गरेकी कुनै सकारात्मक संकेत वा आशीर्वाद अहिले पूरा भएको हुनसक्ने अनुमान समर्थकहरूले गरेका छन्।

​कर्णदासको यो पोस्टमा धेरैले “आमाको आशीर्वाद नै सबैभन्दा ठूलो शक्ति” भन्दै प्रतिक्रिया दिएका छन्। कतिपयले रवि लामिछानेको अहिलेको राजनीतिक सफलतालाई आमाको तिनै पवित्र शब्दहरूको प्रतिफल मानेका छन्।

​भर्खरैको युवा आन्दोलन र राजनीतिक परिवर्तनको लहरका बीच गायक कर्णदासको यो व्यक्तिगत तर सार्वजनिक महत्त्वको संस्मरणले चुनावी माहोलमा एउटा फरक खालको मानवीय संवेदना थपिदिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय