फागुन ३०,गोरखा।​गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको दर्शन गरी फर्कंदै गरेका दर्शनार्थी सवार एक विद्युतीय (ईभी) माइक्रो बस शनिबार भीषण दुर्घटनामा परेको छ।

शहीद लखन गाउँपालिका–३ कनटारस्थित सडकबाट बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रो बस अनियन्त्रित भई करिब २०० मिटर तल खसेको हो।

​दुर्घटनामा परी माइक्रोमा सवार १४ जनामध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ।

यद्यपि, उद्धार कार्यमा खटिएका स्थानीय बासिन्दाहरूले भने मृतकको संख्या ८ पुगेको बताएका छन्। १४ जना सवार रहेको उक्त गाडी पहाडी सडकबाट निकै तल खसेका कारण ठूलो मानवीय क्षति भएको हो।

​घटनालगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका थिए।

घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ भने मृतकहरूको सनाखत हुने क्रम जारी छ।

मनकामना दर्शन गरी फर्किएका श्रद्धालुहरू नै दुर्घटनामा परेपछि यतिखेर गोरखाको उक्त क्षेत्र शोकमा डुबेको छ। दुर्घटनाको यकिन कारण खुल्न नसके पनि प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय