चैत्र १६, काठमाडौं।राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समिति काठमाडौँले विशेष ‘स्रष्टा-सर्जक कलाकार तथा महिला उद्यमी सम्मान’ कार्यक्रम आयोजना गर्ने भएको छ।

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा आयोजना हुन लागेको यस कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मानित गरिने संस्थाले जनाएको छ।

​पहिलो लोक स्रष्टा-सर्जक कलाकार सम्मान: लोक कला र संस्कृतिको जगेर्नामा पुर्याएको योगदानको कदर गर्दै कलाकारहरूलाई सम्मान गरिने।

​महिला उद्यमी सम्मान: उद्यमशीलताको क्षेत्रमा उदाहरणीय कार्य गर्ने महिलाहरूलाई प्रोत्साहित गरिने।

नयाँ वर्ष २०८३ शुभकामना आदानप्रदान: विक्रम संवत २०८३ को अवसरमा शुभकामना साटासाट गरी साङ्गीतिक र सांस्कृतिक माहोल निर्माण गरिने।

कार्यक्रम यहि चैत्र २८ गते शनिबार,राष्ट्रिय नाचघर,जमलमा आयोजना हुने आयोजकले जनाएको छ।

​आयोजकका अनुसार नेपाली लोक संस्कृति र व्यावसायिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई प्रोत्साहन दिनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

कार्यक्रममा लोक सङ्गीत क्षेत्रका दिग्गज व्यक्तित्वहरूका साथै विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय