जेठ १९, नयाँदिल्ली। भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्दैछ।
नयाँ दिल्लीमा हुने उक्त उच्चस्तरीय भेटघाटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल हुने कार्यतालिका रहेको छ।

भेटका क्रममा दुई देशबीचको आपसी हित, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण तथा सुरक्षा सहकार्यका विषयमा मुख्य रूपमा विचार विमर्श हुने अपेक्षा गरिएको छ।
यसका साथै, दुई छिमेकी मुलुकका राजनीतिक दलहरूबीचको संवादलाई निरन्तरता दिने र आपसी सहकार्यका सम्भावनाहरू पहिल्याउने विषयमा समेत नेताद्वयबीच कुराकानी हुने रास्वपा स्रोतले जनाएको छ।
सभापति लामिछाने नेतृत्वको टोली भारतको औपचारिक भ्रमणमा रहेको छ। टोलीले यसअघि पनि त्यहाँका विभिन्न राजनीतिक दलका नेता तथा उच्चाधिकारीहरूसँग भेटघाट गरिसकेको छ।




