जेठ २१,निजगढ। बाराको पचरौता नगरपालिकामा सर्पदंशबाट १९ महिने बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार हिजो बुधबार बिहान अन्दाजी १०:०० बजेको समयमा पचरौता न.पा. वडा नं. ४ बेल्दारी बस्ने संजय रामकी ३० वर्षीया श्रीमती सोनापती देवी राम आफ्ना १९ महिनाका छोरा धनञ्जय रामलाई लिएर स्थानीय रविन्द्र यादवको मकैबारीमा ज्यालादारी काम गर्न गएकी थिइन्।

आमाले बारिमा काम गरिरहेको र बालक धनञ्जय खेलिरहेको अवस्थामा अचानक उनलाई सर्पले दाहिने खुट्टामा डसेको थियो।
सर्पदंशबाट घाईते भएका बालकलाई उपचारका लागि दिउँसो २ बजे प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो।
अस्पतालका चिकित्सकले इसिजी गरी परिक्षण गर्दा बालकको अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको घोषणा गरेका थिए।
अस्पतालमा खटिएका प्रहरी कर्मचारी मार्फत घटनाबारे प्रहरी चौकी बेल्दारीमा जानकारी प्राप्त भएको र घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी बेल्दारी, बाराबाट प्रहरी सहायक निरीक्षक सुनील यादवको कमाण्डमा टोली खटिएर घटनास्थल तथा अस्पताल पुगी आवश्यक बुझ्ने कार्य गरेको थियो।
घटनास्थल प्रहरी चौकी बेल्दारीबाट अन्दाजी २ किलोमिटर पूर्व पर्दछ।




