जेठ २५, निजगढ। भोलि २६ गते हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला अधिवेशन स्थगित भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै भोलीका लागि तय गरिएको बारा जिल्ला अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।

​केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा जारी गरिएको विज्ञप्ति अनुसार, विविध अपरिहार्य कारणवश अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्नुपरेको हो।

​थप निर्देशनको प्रतीक्षा गर्न आग्रह

​आयोगले अधिवेशन पुनः सञ्चालन हुने मिति र समयबारे केन्द्रीय निर्वाचन आयोगबाटै आधिकारिक रूपमा पछि जानकारी गराइने प्रष्ट पारेको छ।

​”अधिवेशनका बाँकी प्रक्रियाहरू र आगामी कार्यतालिकाका सम्बन्धमा आयोगद्वारा जारी हुने थप निर्देशनको प्रतीक्षा गर्न सम्पूर्ण सम्बन्धित पक्षलाई अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ।

यस निर्णयबारे पार्टीका केन्द्रीय सभापति, केन्द्रीय समिति सचिवालय, केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय अनुशासन आयोग र बारा जिल्ला विशेष समितिलाई समेत बोधार्थ दिई जानकारी गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय