जेठ २५, निजगढ।जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको धानको बीउ र एक थान मोटरसाइकल नियन्त्रणमा लिएको छ।

​प्रहरीका अनुसार आज बिहान ०८:१५ बजेको समयमा प्रहरी चौकी मटिअर्वा बाराबाट प्रहरी नायब निरीक्षक राकेश साहको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त सामग्री बरामद गरेको हो।

​कलैया उपमहानगरपालिका वडा नं. १० स्थित मटिअर्वा भण्डारी चोकमा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला परेको हो।

६ बोरा धानको बीउ, नम्बर प्लेट नभएको १ थान मोटरसाइकलसहित अनुमानित मूल्य ८१ हजार २ सय रुपैयाँ बराबरको सामान जफत गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय