जेठ २६, पोखरा। पोखरामा पुलबाट हामफालेर ज्यान गुमाएका एक व्यक्तिको पहिचान खुल्न सकेको छैन।
आज (मंगलबार) बिहान करिब ९:३० बजे पोखरा महानगरपालिका वडा नम्बर २० भलाम र वडा नम्बर १६ दिप जोड्ने झोलुङ्गे पुलबाट एक व्यक्तिले हामफालेका थिए।

पुलबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव फेला परे पनि हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
प्रहरीले मृतकको पहिचानका लागि आम नागरिकसँग सहयोगको अपिल गरेको छ।
यदि कसैले घटनाबारे जानकारी पाएमा वा मृतकलाई चिन्नुहुने महानुभावहरूले तत्काल वडा प्रहरी कार्यालय, बगरमा सम्पर्क गरी पहिचान खुलाउन र सहयोग गरिदिनुहुन प्रहरीले हार्दिक अनुरोध गरेको छ।




