जेठ ३१, निजगढ। बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ भगीरथ लाइनस्थित होटल अगाडि वीरगन्ज–पथलैया सडक खण्डमा आज दिउँसो एक स्कुटर दुर्घटना हुँदा दुई जना किशोरी घाइते भएका छन्।

जितपुरबाट सिमरातर्फ आउँदै गरेको म.प्र.०३–०३९ प.२६८६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दिउँसो अन्दाजी १२:१० बजे दुर्घटना भएको हो।

​दुर्घटनामा परि स्कुटर चालक जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने बासुदेव मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तान गम्भीर घाइते भएकी छन्। उनको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

यस्तै, स्कुटरको पछाडि सवार सोही ठाउँकी १६ वर्षीया सुप्रिया रुम्बा मध्यमम घाइते भएकी छन्।

उनको अनुहार, बायाँ हात र दुवै खुट्टामा चोट लागेको छ। घाइते दुवै जनाको परवानीपुरस्थित एल.एस. न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

​इलाका प्रहरी कार्यालय जितपुर बाराबाट अन्दाजी १.५ किलोमिटर उत्तरतर्फ भएको उक्त दुर्घटनाको खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनाग्रस्त स्कुटरलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय