असार २,निजगढ। बाराको कोल्हवी नगरपालिकामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।

​आज विहान अन्दाजी साँढे १ बजेको समयमा कोल्हवी नगरपालिका वडा नम्बर ३, जुगुवा टोल बस्ने ५० वर्षीय सोभालाल चौधरीको छतबाट खसेर मृत्यु भएको हो।

​प्रहरीका अनुसार चौधरी आफ्नै १ तल्ले पक्की घरको छतबाट पिसाब फेर्ने क्रममा अचानक सन्तुलन गुमाएर तल खसेका थिए। छतबाट खस्दा उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो।

​घाइते चौधरीलाई तत्काल स्थानीय तामागढी अस्पताल, कोल्हवीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाराकै परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल पुर्‍याइएको थियो। उनलाई उपचारकै क्रममा विहान पौने ५ बजे चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ।

अस्पतालमा कार्यरत कर्मचारीले घटनाबारे इलाका प्रहरी कार्यालय कोल्हवीलाई जानकारी गराएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो।

हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय