असार ३,निजगढ। सडक अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बारामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह-२०८३’ सुरु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ बाराको आयोजना र जिल्ला प्रहरी कार्यालय, बाराको समन्वयमा आज बिहान उक्त कार्यक्रमको समुद्घाटन गरिएको हो।

​कलैया उपमहानगरपालिका-१ स्थित बाल मन्दिरमा भेला भई निकालिएको र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गर्दै भरत चोकमा पुगेर समापन भएको थियो।

बिहान ८:०० बजे सुरु भएको उक्त कार्यक्रम ८:४० बजे सम्पन्न भएको थियो।

उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रा, जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्रप्रसाद साह, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले तथा सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममणि अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक नवराज न्यौपाने लगायत स्थानीय पत्रकार, शिक्षक तथा विद्यार्थी गरी करिब २२० जनाको सहभागिता रहेको थियो।

​सप्ताहव्यापी यो कार्यक्रमले सडक प्रयोगकर्ताहरूमा ट्राफिक नियमसम्बन्धी सचेतना अभिवृद्धि गरी दुर्घटना कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय