असार १६, सिराहा। सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका-२, पर्सास्थित भित्री सडकखण्डमा भएको स्कुल बस दुर्घटनामा परी ५ वर्षीया बालिका र बसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ।
बुधबार अपराह्न करिब ४:१५ बजेको समयमा पायोनियर एजुकेशन एकेडेमी’ को को १ ख ३५९९ नम्बको स्कुल बसले एक बालिका र सहचालकलाई किचेको हो।
प्राप्त जानकारीअनुसार, विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्किंदै गर्दा बालिकालाई झार्ने क्रममा बस अगाडि बढेपछि पछाडिको चक्काले किचेर उनीहरूको मृत्यु भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा सप्तरीको बोदेबर्साईन नगरपालिका-८ काचन घर भई हाल मावली घर लक्ष्मिपुरपतारी-२ पर्सामा बस्दै आएकी ५ वर्षीया समिक्षाकुमारी साह र सहचालक लाहान नगरपालिका-२२ का २५ वर्षीय ओमप्रकाश यादव रहेका छन्।
घटनालगत्तै स्थानीय प्रहरीले उक्त बसलाई आफ्नो नियन्त्रणमा लिएको छ।
दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ।




