असार १७, तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ४ घर भई हाल गैंडाकोट नगरपालिका–२ मा कोठा भाडामा बस्दै स्टाफ नर्स अध्ययन गर्दै आएकी २८ वर्षीया सन्तोषी श्रेष्ठ दुई दिनदेखि सम्पर्कविहीन भएकी छिन्।

गत असार १४ गते साँझदेखि उनी परिवार र आफन्तको सम्पर्कबाट बाहिर रहेकी हुन्।

​उनी हराएपछि खोजी गर्ने क्रममा उनले प्रयोग गर्दै आएको ‘बा. प्र. ०६–००१ प १४९९’ नम्बरको स्कुटर देवघाटस्थित हनुमानचोकमा पार्किङ गरी राखिएको अवस्थामा फेला परेको छ।

स्कुटर भेटिए पनि सन्तोषीको अवस्थाबारे भने हालसम्म केही पत्ता लाग्न सकेको छैन। ​एक्कासि सम्पर्कविहीन भएपछि उनको परिवार चिन्तित बनेको छ।

परिवारले सन्तोषीको अवस्था पत्ता लगाउन र उनलाई सकुशल घर फर्काउन सहयोगका लागि सबैमा हार्दिक अपिल गरेको छ।

कसैले उनलाई कतै देख्नुभएको वा उनीबारे कुनै जानकारी पाउनुभएको खण्डमा तत्काल नजिकैको प्रहरी कार्यालय वा ९८५५०५९८५३ नम्बरमा सम्पर्क गरिदिनुहुन परिवारले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय