असार १८, निजगढ। ​बारामा चट्याङ लागेर एक १२ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन्। जिल्लाको महागढिमाई नगरपालिका–९, प्रिपरा बिर्तामा बुधबार साँझ परेको चट्याङका कारण सो दुर्घटना भएको हो।

​मृत्यु हुनेमा स्थानीय कपिलदेव साहकी १२ वर्षीया छोरी सन्जनाकुमारी दास रहेकी छिन्। साथै, सोही स्थानकी ३० वर्षीया सरितादेवी दास चट्याङबाट घाइते भएकी छिन्।

​जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार करिब ५:०० बजेको समयमा सन्जना र सरिता आफ्नै खेतबाट काम सकेर घर फर्किंदै गर्दा अचानक चट्याङ परेको थियो।

चट्याङका कारण गम्भीर घाइते भएकी सन्जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

​घाइते सरिता देवी दासलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालका अनुसार घाइते सरिताको अवस्था मध्यम थियो। प्राथमिक उपचारपश्चात् उनी डिस्चार्ज भई घर फर्किसकेकी छिन्।

​घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा टोली र प्रहरी चौकी तेलकुवाबाट समेत प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी फर्किएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय