असार १९, निजगढ। बाराको निजगढमा उत्कृष्ट सेवा दिँदै आएको कुमारी बैंक लिमिटेड, शाखाले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै यहाँका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक स्तर उकास्ने उद्देश्यले शैक्षिक तथा अन्य आवश्यक सामग्रीहरू सहयोग गरेको छ।

​बैंकले निजगढका तीनवटा विद्यालयहरूलाई झण्डै २ लाख रुपैयाँ मूल्य बराबरको सामग्रीहरु सहयोग  प्रदान गरेको हो।

निजगढ-१ मा संचालित ​श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका लागि ९४ हजार ७५० रुपैयाँ बराबरको ५० थान स्कुल ब्याग, ५० दर्जन कापी, ५० दर्जन कलम/ पेन्सिल र ३ थान वाटर डिस्पेन्सर, निजगढ-२ मा संचालित ​श्री लोकप्रिय आधारभूत विद्यालयलाई ५० हजार ७५० रुपैयाँ बराबरको ३ थान वाटर डिस्पेन्सर, ५० दर्जन कापी र ५० दर्जन कलम तथा निजगढ-८ मा संचालित
​श्री गौरीशंकर माध्यमिक विद्यालयलाई ५४ हजार ४०० रुपैयाँ बराबरको २ थान प्रोजेक्टर सहयोग गरिएको बैंकका प्रबन्धक उमेश लामिछानेले जानकारी दिए।

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख अंकित पाण्डेको पनि उपस्थिति रहेको थियो। बैंकले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय