असार २३,कंचनपुर। निर्मला पन्त प्रकरणमा लामो समयदेखि आफू र आफ्नो परिवारमाथि लाग्दै आएका आरोपहरूको जवाफ दिँदै आञ्चल बमले सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण सार्वजनिक गरेकी छन्।

उनले यो नै यस विषयमा आफ्नो अन्तिम सार्वजनिक पोस्ट भएको उल्लेख गर्दै अबदेखि निर्मला पन्त प्रकरणबारे कुनै प्रतिक्रिया नदिने बताएकी छन्।

पोस्टमा आञ्चल बमले अम्बाको रुख काटेर प्रमाण नष्ट गरिएको, घरमा रंगरोगन गरेर प्रमाण मेटाइएको, प्रभावशाली व्यक्तिसँग सम्बन्ध रहेको, घटनामा संलग्न रहेको, तथा अन्य विभिन्न आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेकी छन्।

उनले यी सबै आरोपहरू अफवाह र निराधार भएको दाबी गर्दै आफू र आफ्नो परिवारमाथि चरित्रहत्या गरिएको आरोप लगाएकी छन्।

उनले घटनापछि आफू र दिदी हिरासतमा बसेको, प्रहरीबाट आवश्यक अनुसन्धान भइसकेको तथा आफूहरू निर्दोष रहेको दाबी पनि गरेकी छन्।

साथै सामाजिक सञ्जालमा झूटा सूचना फैलाउनेहरूमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसँग आग्रहसमेत गरेकी छन्।

आञ्चलले आफ्नो पोस्टमा सत्य अदालत र कानुनी प्रक्रियाबाट स्थापित हुने विश्वास व्यक्त गर्दै, अब यस विषयमा आफूले थप कुनै स्पष्टीकरण नदिने स्पष्ट पारेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय