असार २४,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ स्थित मेन रोडमा रहेको एक हार्डवेयर पसलमा आज बिहान आगलागी भएको छ।

राष्ट्रिय वाणिज्य बैंक नजिक रहेको शिव सप्लायर्स हार्डवेयर पसलमा आगलागी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले तत्काल घटनास्थल पुगी उद्धार कार्य सुरु गरेको थियो।

​रुद्र नारायण साहको एकतल्ले पक्की घरमा रौतहटको बडहर्वा स्थायी घर भई हाल हेटौंडामा बस्दै आएकी अनिता जैसवालले सञ्चालन गर्दै आएको उक्त पसलमा बिहान करिब ५:०० बजे आगलागी भएको हो।

बन्द अवस्थामा रहेको सटरभित्र आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

​नेपाल प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सक्रियतामा बिहान ५:२० बजे नै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

आगलागीबाट पसलमा भएको क्षतिबारे हालसम्म यकिन विवरण आउन सकेको छैन र प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। यस घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय