असार २४, हेटौंडा। मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

​प्रहरीका अनुसार, हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा खटिएको टोलीले बाराको निजगढ नगरपालिका–२ बस्ने २५ वर्षीय आर.एन. घिमिरेलाई पक्राउ गरेको छ।

उनको साथबाट प्रहरीले प्रतिबन्धित लागू औषध ट्रामाडोल ५४० क्याप्सुल र निट्राजेपाम ४८ ट्याब्लेट बरामद गरेको छ।

​त्यसैगरी, हेटौंडा–१० बसपार्क क्षेत्रमा खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० बस्ने ३७ वर्षीय देव श्रेष्ठलाई पक्राउ गरेको छ। श्रेष्ठको साथबाट २ ग्राम २४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

​पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय