असार २४, निजगढ। बारा जिल्लाको कलैया उपमहानगरपालिका–९, रामपुरमा आफ्नै घरको छतबाट खसेर एक ५ वर्षीया बालिका गम्भीर घाइते भएकी छिन्।

स्थानिय ओमप्रकाश पटेलकी ५ वर्षीया छोरी श्रीनिधी पटेल सोमबार साँझ अन्दाजी ६ बजेको समयमा आफ्नै एक तले घरको छतमा खेलिरहेकी थिइन्। सोही क्रममा अचानक उनी छतबाट खसेकी प्रहरीले जनाएको छ।

​दुर्घटनालगत्तै घाइते बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि बालिकाको थप उपचार आवश्यक देखिएपछि अस्पतालले उनलाई सोही दिन साँझ ७ बजे वीरगन्जस्थित न्युरो अस्पताल रेफर गरेको छ। बालिकाको टाउको र मुखमा चोट लागेको छ।

​घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको कमाण्डमा एक प्रहरी टोली घटनास्थल तथा अस्पतालतर्फ खटिएको थियो। बालिकाको उपचारमा हाल उनका आफन्तहरू संलग्न रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय