असार २७, हेटौंडा। मकवानपुरको बागमती गाउँपालिका–३ स्थित सूर्यकिरण सामुदायिक वनमा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ।
इलाका प्रहरी कार्यालय फापरबारीका अनुसार, शुक्रबार दिउँसो १:०० बजेको समयमा जंगलको बीच भागमा बन्दुक फेला परेको हो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर बन्दुक नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, बरामद बन्दुक चालु अवस्थामा रहेको देखिन्छ तर त्यसमा बारुद भने छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



