असार २७, हेटौंडा। हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा रहेको कालिका फर्निचर उद्योगमा आगलागी भएको छ।
अस्ति असार २५ गते बिहान ४:०० बजे विद्युतको तार सर्ट भई उक्त आगलागी भएको हो। आगलागीबाट उद्योगमा रहेको बुट्टा बनाउने सिएनसी राउटर मेसिन पूर्ण रूपमा जलेको छ।
यसबाट करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको जानकारी भोलिपल्ट २६ गते साँझ ४:३० बजे प्राप्त भएपछि पशुपति इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलको अनुगमन गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।




