असार २७, हेटौंडा। हेटौंडा उपमहानगरपालिका–३, बसामाडी राईटोलबाट प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

​शुक्रबार दिउँसो साँढे २ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी बसामाडीको संयुक्त टोलीले स्थानीय ३२ वर्षीय बिकल राईलाई पक्राउ गरेको हो।

राईको घरमा चेकजाँच गर्ने क्रममा उनको पाइन्टको गोजीबाट १ ग्राम ८५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनायो।

साथै, उनको कोठाबाट एक थान डिजिटल तराजु र नगद दुई हजार पाँच सय रुपैयाँ समेत बरामद गरिएको छ।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय