असार २७, काठमाडौं। काठमाडौँ महानगरपालिका–१०स्थित बुद्धनगरमा डेरा गरि बस्ने एकजना पुरुषले आज शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउत भनेर खुलेको छ ।उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार राउत आफ्नो छोरासँगको घरायसी विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए ।
उनको शरीरको ५५ प्रतिशत भाग जलेको अस्पताललाई उधृत गर्दै एसपी भट्टराईले बताए । हाल उनको उपचार जारी रहेको छ ।




