असार २९, निजगढ।

बारामा आईतवार साँझ भएको दुई छुट्टाछुट्टै घटनामा एक बालिकाको मृत्यु र अर्कि एक बालिका घाईते भएकी छिन्।

१. पोखरीमा डुबेर बालिकाको मृत्यु

हिजो आईतबार साँझ साँढे ६ बजे तिर कलैया उप-महानगरपालिका-११, घोधरियास्थित पोखरीमा नुहाउने क्रममा सोही स्थानका सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिकाकुमारी पासवान डुबेर गम्भीर घाइते भइन्।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएकोमा साँझ७:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्क बाराबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको कमाण्डमा टोली खटिएको थियो।

साथै, थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिई कानुनी प्रक्रिया अघि बढाएको छ।

२. तातो तेलले पोलेर बालिका घाइते

त्यस्तै, आईतबारै  साँझ साँढे ७ बजे फेटा गाउँपालिका-१, भरवलियाका कृष्ण मुखियाकी ३ वर्षीया छोरी दिव्यान्सीकुमारी आफ्नै घरमा खेल्ने क्रममा खाना पकाउन तताइएको तातो तेलको कराहीमा ठोक्किँदा घाइते भएकी छिन्।

उनको दाहिने हातमा ८% भाग जलेको छ। घाइते बालिकाको हाल एनएमसी अस्पताल, वीरगन्जमा उपचार भइरहेको छ र उनको अवस्था मध्यम रहेको छ।

उपचारमा बालिकाका हजुरबुबा शिवप्रसाद मुखिया संलग्न रहेका छन्। उक्त घटनाको जानकारी इलाका प्रहरी कार्यालय प्रसौनी बारामा प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार रामबाबु यादवको कमाण्डमा टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय