असार ३२, निजगढ। बाराको कोल्हवी नगरपालिका–८, मिलनचोकमा करेन्ट लागेर एकजना कामदार गम्भीर घाइते भएका छन्।

​जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहीबार बिहान करिब ८:३० बजेको समयमा बिशेश्वरप्रसाद कोइरालाको घरमा काम गरिरहेका ३२ वर्षीय नवसाद आलम करेन्ट लागेर घाइते भएका हुन्।

​कोल्हवी नगरपालिका–८, नयाँबस्ती टोल निवासी आलम घर निर्माणका क्रममा वेल्डिङको काम गरिरहेका थिए। सोही क्रममा फलामको पाइप उचाल्ने बित्तिकै नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा छुँदा उनी करेन्ट लागेर घाइते भएका हुन्।

​घाइते आलमलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको अवस्था हाल मध्यम रहेको छ।

घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मधुवनबाट प्रहरी सहायक निरीक्षक बिसम्बरनाथ मिश्राको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।

​उक्त निर्माण कार्यमा ठेकेदार चन्द्रप्रसाद गौतम संलग्न रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय