साउन ३, हेटौंडा।राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार हेटौंडाको सिरेटो थकाली रोदी गजल घरमा आयोजित उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनले पुन:अजित लोप्चनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा आशाराम थिङ र बिरु घलान,महिला उपाध्यक्षमा दिपा स्याङ्तान,सचिवमा आर पि सापकोटा,सहसचिवमा बिक्रम खाती,कोषाध्यक्षमा सरिता लोप्चन तथा सह–कोषाध्यक्षमा सुमन जिम्बा चयन भएका छन्।
साथै अन्य सदस्यहरू समेत चयन गरिएको सङ्घले जनाएको छ।
“हाम्रो कला र संस्कृतिको गौरवपूर्ण सान, कला कर्मी उत्थान हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो।
नवनिर्वाचित पदाधिकारीहरूले संघको उद्देश्य र कलाकर्मीहरूको हकहितका लागि आगामी दिनमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।




