साउन ४, निजगढ।बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैयामा पार्किङ गरी राखिएको एक ट्रक र सोही ट्रकका सहचालक सम्पर्कविहीन भएका छन्।

​जितपुर सिमरा–१ बस्ने ट्रक चालक अनोज थापाले आफ्नै घर अगाडि पार्किङ गरी राखेको ना ६ ख १३५७ नम्बरको टाटा कम्पनीको खाली ट्रक लिएर सहचालक हिँडेको र हालसम्म सम्पर्कमा नआएको प्रहरीले  बताएको छ।

ट्रक धनी सोम गुरुङका अनुसार, सहचालकले कसैलाई कुनै जानकारी नदिई ट्रक लिएर हिँडेका हुन्।

​ट्रक र सहचालक सम्पर्कविहीन भएपछि चालक अनोज थापाले आज सोमबार बिहान ६:१० बजे प्रहरीलाई जानकारी गराएका थिए।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी हवल्दार मोहरकुमार दासको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेर थप अनुसन्धान अघि बढाएको छ।

​घटनास्थल प्रहरी चौकी पथलैयाबाट करिब ७०० मिटर पूर्वमा रहेको छ। हाल ट्रक र सहचालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय