साउन ८, हेटौंडा। मकवानपुरको हेटौँडाबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनलाई ठूलो मात्राको लागुऔषधसहित पक्राउ गरेको हो।

​इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले आज शुक्रबार हेटौँडा- ७ स्थित शिक्षा निर्देशनालयको भित्री सडकखण्डमा उक्त कार्बाही गरेको हो।

​फारलाइनतर्फबाट हेटौँडा बजारतिर पैदल आउँदै गरेका हेटौँडा उपमहानगरपालिका वडा नं. १५ फारलाइन बस्ने अन्दाजी ३४ वर्षीय धिरज अर्याललाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध फेला परेको थियो।

उनले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीबाट ‘TRAMOL-50’ लेखिएको १५ पत्तामा १५० पिस र ‘ANTIKOF’ लेखिएको २ पत्तामा २० पिस गरी जम्मा १७० पिस लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

​लागुऔषधसहित नियन्त्रणमा लिइएका अर्याललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय