साउन १०, निजगढ। बाराको करैयामाई गाउँपालिकामा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

​प्रहरीका अनुसार हिजो साउन ९ गते राति ११:०० बजेको समयमा करैयामाई गाउँपालिका वडा नम्बर ८ स्थित नरही चोकबाट इटहरतर्फ जाँदै गरेको अनियन्त्रित मोटरसाइकलले पैदल हिँडिरहेका दुई जनालाई ठक्कर दिएको थियो।

​दुर्घटनामा परेर गम्भीर घाइते भएका करैयामाई गाउँपालिका वडा नम्बर ८ बस्ने अन्दाजी २५ वर्षका उमेश साह सोनार र हाल वतन नखुलेका अन्दाजी ४० वर्षका पवन साह सोनारलाई तत्काल उद्धार गरी उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल पठाइएको थियो।

​उक्त अस्पतालमा उपचारको क्रममा घाइते उमेश साह सोनारको राति १:२० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ।

​त्यसैगरी, दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्ति पवन साह सोनार (जिल्ला बारा, विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाही बस्ने खुल्न आएको) को टाउकोमा गम्भीर चोट लागेको छ र उनको हाल सोही अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचार भइरहेको छ।

​घटनास्थल प्रहरी चौकी गंजभवानीपुरबाट ७ किलोमिटर पूर्व-दक्षिणमा पर्दछ।

दुर्घटनालगत्तै प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुरप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले उद्धार कार्य गरेको थियो।

​घटना घटाएर फरार रहेका मोटरसाइकल र त्यसका चालकको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय