साउन १५, निजगढ। कोशी प्रदेशको सुनसरी र मधेसका विभिन्न स्थानमा भैइरहेका साम्प्रदायिक दङ्गाका कारण उत्पन्न समस्या निस्तेज पार्ने उद्देश्यले देशका विभिन्न स्थानमा सद्भाव र्यालीहरू आयोजना भइरहेका छन्।
यसै क्रममा बाराको निजगढमा पनि ‘शान्ति, सद्भाव र सामाजिक एकताका लागि’ सद्भाव र्याली आयोजना हुने भएको छ।
“हाम्रो विविधता, हाम्रो पहिचान, सद्भाव हाम्रो अभियान” भन्ने मूल नारासहित सर्वपक्षीय सद्भाव समूह, निजगढ (बारा) को आयोजनामा यो र्याली निकाल्न लागिएको हो।
र्याली भोलि शनिबार बिहान ठीक ७:०० बजे निजगढस्थित सहिदचोकबाट सुरु हुने आयोजकले जनाएको छ।
विभिन्न जातजाति, भाषा र धर्मबीचको आपसी एकता र सद्भाव जोगाउनका लागि यस किसिमका कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ।



