साउन२०, निजगढ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१, पथलैयास्थित धर्मेश्वर मन्दिरअगाडिबाट एउटा बोलेरो गाडी बेवारिसे अवस्थामा फेला परेको छ।

​बा १४ च ८९२५ नम्बरको खाली गाडी विगत दुई दिनदेखि सोही स्थानमा रोकिएको अवस्थामा भेटिएको हो।

स्थानीय वडा नम्बर १ का वडा सदस्य राकेश सुब्बाले आज बिहान ११:०० बजेको समयमा टेलिफोनमार्फत प्रहरी चौकी पथलैयालाई यससम्बन्धी जानकारी गराएका थिए।

​वडा सदस्य सुब्बाबाट प्राप्त सूचनाका आधारमा प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगी आवश्यक अनुसन्धान सुरु गरेको छ।

​प्रहरी चौकी पथलैयाबाट पूर्व–दक्षिणतर्फ करिब १ किलोमिटर दूरीमा पर्ने उक्त स्थानबाट गाडीलाई नियन्त्रणमा लिई चौकीमा लाने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

गाडी कसको हो र त्यहाँ कसरी आइपुग्यो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ।

साथै सम्बन्धित गाडी धनीलाई सम्पर्कमा आउन पनि प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय