साउन २१,निजगढ। बाराको आदर्श कोतवाल गाउँपालिका-७, कोतवाली बेल्वाका अन्दाजी ६० वर्षीय गणेश महतो कोईरीको करेन्ट लागेर मृत्यु भएको छ।

बिहिबार आज बिहान १०:४० बजेको समयमा घरनजिकैको बिजुलीको पोलमा बत्ती बाल्नको लागि हुक लगाउने क्रममा तार बिधुतको तारमा अल्झिदा अर्को तार उनको जिउमा खसेको थियो। सोही कारण उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

​करेन्ट लागेर घाइते भएका कोईरीलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल कलैया, बारा तर्फ पठाइएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्र जयनगर, बाराबाट प्र.स.नी. पुजई महराको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

​तर अस्पतालमा पुर्याउँदा डाक्टरले उनको ECG जाँचपछि मृत्यु भइसकेको घोषणा गरेको अस्पतालमा खटिएका प्रहरी कमाण्डरले जानकारी गराएका छन्। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय