साउन २१, निजगढ। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैयास्थित धर्मेश्वर मन्दिर नगाडी बेवारिसे अवस्थामा फेला पारिएको बोलेरो गाडी आज (साउन २१ गते) गाडी धनीका ससुरालाई जिम्मा लगाइएको छ।

अनुसन्धान तथा सनाखतपश्चात सो बोलेरो गाडी बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने मिन्टु श्रीवास्तवको नाममा दर्ता रहेको खुलेको प्रहरीले जनायो।

गाडी धनीको निवेदन र पहिचानका आधारमा आज सो गाडी निजकै ससुराबुवा—सोही ठाउँ निवासी ६२ वर्षीय सुरेशप्रसाद श्रीवास्तवको जिम्मा लगाई पठाएको जिल्ला प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए।

उनका अनुसार  बा १४ च ८९२५ नम्बरको खाली बोलेरो गाडी दुई दिनदेखि सो स्थानमा बेवारिसे रूपमा थन्किएको थियो। वडा नम्बर १ का वडा सदस्य राकेश सुब्बाले हिजो २० गते बिहान ११:०० बजेको समयमा टेलिफोनमार्फत प्रहरी चौकी पथलैयालाई जानकारी गराएका थिए।

​वडा सदस्यको खबरलगत्तै प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले गाडीलाई नियन्त्रणमा लिई चौकीमा लगेको थियो।

उक्त गाडी कसरी त्यहाँ बेवारिसे अवस्थामा पुग्यो भन्ने बारे प्रहरीले केही खुलाएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय