साउन २६, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, थानाभर्याङ बुद्धचोकबाट ५ ग्राम ४२० मिलिग्राम प्रतिबन्धित लागू औषध खैरो हेरोइनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार दिउँसो साँढे १२ बजेको समयमा अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई शंका लागी रीतपूर्वक खानतलासी गर्दा उक्त परिमाणको लागू औषध फेला परेको हो।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षीया तनिषा देउला, सोही स्थान बस्ने २४ वर्षीय अनिष चौलागाई र चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय लोमस फुयाल रहेका छन्।
लागू औषधसहित पक्राउ परेका उनीहरू तीनैजनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति थप गरी प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाईएको छ।



