साउन २७, निजगढ। बाराको कलैया उपमहानगरपालिका-१४, बघवनमा घरको छतबाट लडेर एक महिला गम्भीर घाइते भएकी छिन्।

आफ्नै एक तले घरको छतमा घिरौँला टिप्ने क्रममा खुट्टा चिप्लिएर भुइँमा लड्दा २३ वर्षीया रिजवाना खातुन गम्भीर घाइते भएकी हुन्।

आज अपराह्न करिब सवा ४ बजेको समयमा उक्त दुर्घटना घटेको हो। घटनापश्चात घाइते खातुनलाई तत्काल प्रादेशिक अस्पताल कलैया, बारामा लगिएको थियो।

त्यहाँ सामान्य उपचारपछि उनको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि वीरगन्जस्थित हेल्थ केयर अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय