भदौ २, पोखरा। पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलो पटक पीएचडी (विद्यावारिधि) तहको अध्ययन तथा अनुसन्धान कार्यक्रम सञ्चालनमा ल्याएको छ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायअन्तर्गत सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा उक्त कार्यक्रमका लागि आवेदन आह्वान गरिएको हो।

​अनुसन्धानमा विशेष रुचि र बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारहरूले यो कार्यक्रमका लागि आवेदन दिन सक्नेछन्।

त्यसका लागि तोकिएको आवेदन शुल्क ३ हजार रुपैयाँ तिरेर इच्छुक उम्मेदवारहरूले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति २०८३ भदौ ९ गते शुक्रबारसम्म निर्धारण गरिएको छ।

​यसका लागि आगामी २०८३ भदौ १२ गते सोमबार बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा प्रवेश परीक्षा सञ्चालन हुनेछ।

व्यक्तिगत अन्तर्वार्ताको मिति तथा समय भने प्रवेश परीक्षाकै दिन घोषणा गरिने विश्वविद्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय