भदौ ७, हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ इपास्थित माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा बागमती खोलाले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

हिजो बिहान करिब ०७:३० बजेको समयमा अन्दाजी ३५/४० वर्षकी एक महिलाको शव फेला परेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमफेदी, मकवानपुरबाट प्रहरी निरीक्षक तथा अपराध अनुसन्धान टोलीसहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

​प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा लास जाँच मुचुल्कासम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालको शवगृहमा ल्याएर राखेको छ। हालसम्म मृतकको आफन्तहरू सम्पर्कमा नआएकाले प्रहरीले सनाखतका लागि तस्विर सार्वजनिक गरेको छ।

मृतक महिला अन्दाजी ५ फिट ३ इन्च उचाई भएकी, ठिक्कको मोटो शरीर, नाङ्गो अवस्थामा रहेको,कालो लामो कपाल भएकी, कलेजी रङको ब्रा लगाएकी  अन्दाजी ३५/४० वर्ष जस्तो देखिने प्रहरीले जनाएको छ।

​मृतकको आफन्तहरू फेला परेमा वा शव सनाखत गर्नुपरेमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा सम्पर्क राख्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय