भदौ ११,निजगढ। बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ नयाँकाटोलास्थित आफ्नै खेतमा मोटरबाट पानी निकाल्ने क्रममा करेन्ट लागेर एक ३२ वर्षीय युवकको मृत्यु भएको छ।

​हिजो बुधबार साँझ ५ बजेको समयमा रामईश्वर दासका छोरा ३२ वर्षीय विजय दास खेतमा मोटर जोडेर पानी निकाल्दै गर्दा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

​परिवार तथा स्थानीय बासिन्दाले उनलाई तत्काल उपचारका लागि सिम्रौनगढस्थित धर्मलाल क्लिनिकमा पुर्‍याएका थिए। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले साँझ ५:२० बजे उनलाई बाटोमै मृत भएको घोषणा गरेका थिए।

​घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा पुगी मुचुल्कासहितको प्रारम्भिक अनुसन्धान कार्य सुरु गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय