भदौ ११, हेटौंडा। बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाउन सरकारले हेलिकोप्टरहरूको संख्या व्यापक रूपमा बढाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोर्डिनेसन सेन्टर (RCC) मार्फत आज बिहान ६:३० बजेदेखि नै २० वटा हेलिकोप्टरहरू तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएका छन्।

​त्यस्तै, प्रभावित क्षेत्र आसपास पहिले नै थप १० वटा हेलिकोप्टर परिचालित भइसकेका छन्। यससँगै उद्धार तथा राहतका लागि देशभर जम्मा ३० वटा हेलिकोप्टरहरू हाई-अलर्टमा राखिएको छ।

​प्राप्त जानकारी अनुसार, प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय र विभिन्न सञ्चार माध्यमबाट आउने उद्धारसम्बन्धी सूचनालाई आधार बनाएर प्रभावित क्षेत्रहरूको प्राथमिकता निर्धारण गरिनेछ।

सोही प्राथमिकताको आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले दिने प्रत्यक्ष निर्देशनबमोजिम हेलिकोप्टरहरू उद्धारका लागि उड्नेछन्।

​आपतकालीन सहयोगका लागि आग्रह

​बाढी तथा विपद् प्रभावित क्षेत्रमा यदि कसैलाई तत्काल आपतकालीन उद्धार तथा राहतको आवश्यकता परेमा तत्काल तलको आधिकारिक लिंकमा गएर विवरण टिपाउन अनुरोध गरिएको छ:

🔗 रिपोर्ट गर्ने लिंक: https://setu.ndrrma.gov.np

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय