भदौ १३, चितवन। भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका पहिचान नखुलेका शवहरु जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।

पहिचान हुन नसकेका, सडे–गलेको अवस्थामा रहेका शव ट्याग लगाएर र डीएनए संकलन गरेर देवघाटनजिकै जंगलमा व्यवस्थापन गर्न लागिएको हो ।

शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै व्यवस्थापनका लागि यो कदम चालिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

शव भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकमा रहेको जंगल क्षेत्रमा गाडिने छ ।

व्यवस्थापन गर्नका लागि ठाउँ पनि तयार पारिएको छ । सुरक्षाकर्मीको उपस्थितिमा दुई वटा डोजर प्रयोग गरेर जंगलको बीच भागमा खाल्डो बनाइएको छ ।

चितवनमा भेटिएका २ सय ३३ मध्ये हालसम्म ६ वटा शवको मात्र  पहिचान भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय