भदौ १४,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

​आइतबार दिउँसो अन्दाजी १२:३० बजेको समयमा काठमाडौँबाट वीरगञ्ज तर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०६९७ नम्बरको यात्रुबाहक ईभी गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ५८७३ नम्बरको सुमोलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

​दुर्घटनामा दुवै सवारी साधनमा क्षति पुगेको छ भने घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ।

घाइतेहरूको विवरण:

१. रविन्द्र उपाध्याय (वर्ष ३४) – सुमो चालक, पर्सा विन्दवासिनी गा.पा.-३ (दुवै खुट्टा र ढाडमा चोट, अवस्था सामान्य)

२. राधिका देवि (वर्ष ३१) – सुमो सवार, पर्सा वीरगञ्ज म.न.पा.-३१ (टाउको र छातीमा चोट, अवस्था मध्यम)

३. रेखा ओझा (वर्ष २६) – सुमो सवार, सोही स्थान (अनुहारमा चोट, अवस्था सामान्य)

४. उपम देवि (वर्ष ४०) – सुमो सवार, सोही स्थान (टाउकोमा चोट, अवस्था सामान्य)

५. शौरव कुमार गुप्ता (वर्ष ३२) – सुमो सवार, वीरगञ्ज म.न.पा.-१५ (टाउकोमा चोट, अवस्था सामान्य)

६. सौर्य साह (वर्ष २.५ / ३० महिना) – सुमो सवार, शौरव कुमार गुप्ताको छोरा (दुवै हातमा चोट, अवस्था सामान्य)

७. सोम बहादुर गुरुङ (वर्ष ३०) – ईभी चालक, गोरखा आरुघाट गा.पा.-७ (छातीमा चोट, अवस्था सामान्य)

८. खजिना खातुन (वर्ष ८) – ईभी सवार, रौतहट वृन्दावन न.पा.-९ (नाक र दाँया खुट्टामा चोट, अवस्था सामान्य)

९. हरिन्द्र राय (वर्ष ३१) – ईभी सवार, सर्लाही बरहथवा न.पा.-०८ (अनुहार र बाँया हातमा चोट, अवस्था सामान्य)

१०. राकेश महन्त (वर्ष ३१) – ईभी सवार, सर्लाही गौडैटा न.पा.-०६ (दाहिने हात, छाती र टाउकोमा चोट, अवस्था सामान्य)

११. शत्रुधन कुशहवा (वर्ष २२) – ईभी सवार, सोही स्थान (दाहिने हात र बाँया खुट्टामा चोट, अवस्था सामान्य)

​दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट ट्राफिक सहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुवै दुर्घटनाग्रस्त सवारी साधनहरू प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय