भदौ १७, निजगढ। बाराको कलैया उपमहानगरपालिका–१२ सितलपुरमा बाँसको पात टिप्ने क्रममा लडेर गम्भीर घाइते भएकी एक १५ वर्षीया किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय राजेन्द्र मण्डलकी १५ वर्षीया अविवाहित छोरी अञ्जली कुमारी रहेकी छिन्।
अस्ति भदौ १५ गते अन्दाजी दिउँसो ४:०० बजेको समयमा गाईवस्तुको लागि बाँसको पात टिप्न गएकी उनी बाँसको झ्याङबाट लडेर घाइते भएकी थिइन्।
घाइते अवस्थामा उनलाई प्रादेशिक अस्पताल कलैया लगिएकोमा थप उपचारका लागि सोही दिन साँझ ८:१० बजे वीरगञ्जस्थित नेशनल मेडिकल कलेज रिफर गरिएको थियो।
नेशनल मेडिकल कलेजमा पुर्याएपछि चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।



