१६ भदौ, काठमाडौं । गैंडाको खागसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का कर्ना तामाङ रहेका प्रहरीले जनाएको छ ।
अधिकारीका अनुसार ती दुई जनाले दिएको बयानका आधारमा अरु २ जना पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।



