मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा शनिबार दिउँसो निर्माणधिन घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६० बर्षीया लक्ष्मी खड्का रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।प्रहरीका अनुसार, खड्का ईँटा बोक्ने क्रममा स्थानीय मन्जु लामाको निर्माणधिन घरको छतबाट लडेकी थिइन् । उनको तत्काल उद्धार गरी चुरेहिल अस्पताल ल्याईएकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय