मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

बागमती प्रदेश सभा सदस्य समेत रहेका काफ्लेले  संसदीय दलका नेता बहदुर सिं लामालाई राजीनामा पत्र बुझाएका हुन् ।

राजिनामा पछि सामाजिक संजालमार्फत जानकारी गराउँदै उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताए ।

काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरूको सेवामा व्यतीत गर्ने बताए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका काफ्लेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय