हेटौंडामा अलोरा नामक ब्युटी पार्लर तथा ट्रेनिङ्ग सेन्टर सञ्चालनमा आउने भएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित कान्तिराजपथमा  भदौ २० गते बुधबार उक्त ट्रेनिङ्ग सेन्टरको विधिवत उद्घाटन गरि  सञ्चालन गर्न लागिएको सञ्चालिका अन्जु तुम्सिङ मगरले जानकारी दिईन्।

सेन्टरलाई आकर्षकढंगले  साजसजावट गरिएको छ। सेन्टरमा महिला सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा तथा  तालिम सहुलियत दरमा गराईने सञ्चालिका मगरले समाचार क्लबलाई  बताईन्।

१५ वर्ष भन्दा लामो समय महिला सौन्दर्य सम्बन्धी अनुभव लिएकि मगरले आफुले सञ्चालन गर्ने तालिम सेन्टरले  महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बिश्वास व्यक्त गरिन्।

सञ्चालिका अन्जु मगर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय