हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित कान्तिराजपथमा अलोरा ब्युटी पार्लर तथा ट्रेनिङ्ग सेन्टर सञ्चालनमा आएको छ।

सेन्टरको  बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बुधबार बिधिवत उद्घाटन गरेकिछिन्।

मन्त्री मोक्तानले सेन्टरले महिला दिदिबहिनीहरुलाई सीप सिकाई आत्मनिर्भर बन्न प्रेरित गर्न सफल रहोस भनी शुभकामना व्यक्त गरेकी थिईन्।

समुद्घाटन समारोहमा मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलान,बागमती गाउँपालिका प्रमुख सर्केश घलान लगायतको उपस्थिति थियो। कार्यक्रममा सेन्टरकी सञ्चालिका अन्जु तुमसिङ मगरले मन्त्री मोक्तानलाई मायाको चिनो प्रदान गरेकी थिईन्।

सञ्चालिका मगर लामो समयदेखी महिला सौन्दर्यको क्षेत्रमा अनुभव बटुलेकी  सफल व्यवसायी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय