हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला हेटौंडा आउने भएका छन् । स्वर्गीय नेता वीपी कोइरालाको ११० औं जन्मजयन्तीको सन्दर्भमा भोली भदौ २४ गते उनी हेटौंडामा हुने कार्यक्रममा सहभागी हुन आउने भएका हुन् ।
नेपाली कांग्रेस मकवानपुर र वीपी विचार समाज मकवानपुरको संयुक्त आयोजनामा हेटौंडा ११ स्थित वीपी बाटिकामा निर्माण गरिएको वीपीको अर्धकदको प्रतिमा अनावरण गर्न उनी हेटौंडा आउन लागेको शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
राष्ट्रिय राजनीतिको विषयमा नेपाली कांग्रेसको धारणा र पार्टीले पछिल्लो समय लिएको नीतिको विषयमा उहाँले कार्यक्रममा हामीलाई निर्देशन गर्नुहुन्छ, कांग्रेस सभापति बुद्ध लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय