भदौ२३,मकवानपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि हेटौंडा आउने भएका छन् । समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय समिति घोषणा गर्न प्रचण्ड हेटौंडा आउन लागेका हुन् ।
उनीसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव विप्लव हेटौंडा आउन लागेका हुन् । शनिवार पत्रकार सम्मेलनमार्फत् मोर्चामा आवद्ध राजनीतिक दलहरुले भोलि हुने सन्देश सभा र घोषणा सभाको तयारी पूरा भएको जानकारी दिएका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपासहितको मोर्चाको बागमतीको नेतृत्व कसले पाउने भन्ने विषयमा अहिले केही खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय