प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा नयाँ अभियान चलाएको बताएकाछन्।आईतवार हेटौंडामा आयोजित चार पार्टी सम्मीलित समाजबादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएकाहुन्।यद्यपि सामाजिक न्यायका पक्षमा चलाईएको अभियान एकथरी मान्छेहरुलाई मन नपरेको र भ्रष्टाचारको अभियान चलाउँदा एकखालको दबाब पनि आउने गरेको उनले बताए।तर दबाब कहाँबाट आएको हो केही खुलाएनन्।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजबादी मोर्चाको गठन र उदेश्यमाथी प्रकाश पारेका थिए।’समाजबादी मोर्चा ऐतिहासिक र रणनैतिक महत्वको छ ,जनताको गणतन्त्र बनाउने बिन्दुमा समाजबादी मोर्चा उभिएको छ” उनले भने।कार्यक्रममा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल,नेकपा महासचिव बिप्लब ‘सि’,जसपा नेता शिबलाल थापालगायतले सम्बोधन गरेका थिए।हेटौंडा ४ स्थित रोयल पार्टि प्यालेसमा आयोजित सभामा जनसमुदायको बाक्लो उपस्थित थियो।कार्यक्रम स्थल र वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको थियो।



